• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

घर कर्जा :  कुन बैंकले कति ब्याजदरमा दिन्छन् ऋण?

64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०७५  १०:३०
1140x725

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने कर्जाको ब्याजदर घट्न थालेको छ। ब्याजदर सन्तुलन गर्न नियामक निकायले प्रयास गरेसँगै व्यक्तिगत मुद्दति निक्षेपसँगै कर्जाको ब्याजदरमा समेत कमी आउन थालेको हो। सबै वित्तीय संस्थाहरूको ब्याजदर एकै दरको छैन। कर्जामा ग्राहकको आकर्षण ल्याउन विभिन्न वित्तीय संस्थाले विभिन्न योजना सार्वजनिक गर्दै आएका छन्।

केही दिनअघि राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका थिए। यसपछि कर्जाको पनि ब्याजदर घटाउनु पर्ने दबाब बैंकमाथि परेको हो। कर्जा प्रवाहलाई आधार मानिने आधार दर (बेस रेट) भने बढ्दो छ। राष्ट्र बैंकको तथ्यांक अनुसार साउनमा १० दशमलव १२ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर कात्तिक अन्त्यमा १० दशमलव २१ प्रतिशत पुगिसकेको छ।   

यता बैंकरहरू भने निक्षेपको ब्याजदर घटेकाले आधार दरमा समेत कमी आएर कर्जाको ब्याजदर पनि घट्ने बताउँदै आएका छन्। बैंकहरूले ब्याजको आधार दर मासिक रूपमा प्रकाशित गर्नुपर्ने भएकाले माघको पहिलो सातासम्ममा कर्जाको ब्याजदर घट्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए। ‘कर्जाको ब्याजदर आधार ब्याजदरका आधारमा निर्धारण हुन्छ, बैंकहरूले आधार दर मासिक रूपमा प्रकाशित गर्ने गर्छन्। अब पुस महिनाको आधार दर आएपछि माघ पहिलो सातासम्ममा कर्जाको ब्याजदर निर्धारण हुन्छ,’ शाहले भने।  

केही समयअघिमात्र कर्जाको ब्याजदर बढेको मेगा बैंक बानेश्वर शाखाका म्यानेजर अमित शर्माले बताए। ‘अहिले कर्जाको ब्याजदर तुलनात्मक रूपमा बढी छ। छिट्टै नै सन्तुलनमा आउछ,’ शर्माले भने। राष्ट्र बैंकको अनुसार बैंकहरूले काठमाडौं उपत्यकामा घरकर्जा दिँदा घरको कुल मूल्यांकन रकमको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका छन्। 

राष्ट्र बैंकको नयाँ निर्देशनले आधार ब्याजदर घट्ने अनुमान गरिएको छ। ब्याजको आधार दरमा गणना गरिँदै आएको सम्पत्तिमा प्रतिफलबापत शून्य दशमलव ७५ प्रतिशत जोड्न नपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्थाले कर्जामा लाग्ने ब्याजदर घटाउँछ।

अर्कोतर्फ प्राथमिक क्षेत्रमा जाने कर्जाको आधार ब्याजदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने व्यवस्था गरिएको छ। यसले सो क्षेत्रमा जाने कर्जाको ब्याजदर घट्ने विश्लेषण गरिन्छ। हाल वाणिज्य बैंकले आधार दरमा ३ देखि ७ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आएका छन्। 

एउटै बैंकले एकै प्रकृतिको कर्जाका लागि पनि ब्याजदर भने फरकफरक कायम गरेका हुन्छन्। अधिकांश बैंकले प्रवाह गर्ने घरकर्जाको ब्याजदर १० देखि १२ प्रतिशतसम्म छ। बैंकले आधार दर मानेर तोकेको ब्याजदरमा पनि सेवा दस्तुरलगायत अन्य सुविधा लिँदै आएका छन्। कुन बैंकले प्रवाह गर्ने घरकर्जाको ब्याजदर कस्तो छ? हेरौं विस्तृतमाः

१. सनराइज बैंक
सनराइज बैंकले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरी घरकर्जा प्रवाह गर्दै आएको छ। बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आधार दर १० दशमलव ९७ प्रतिशत रहेको छ। बैंकको आधार दर १० दशमलव ९७ को ६ प्रतिशत थप समेत गरी हुन आउने ११ दशमलव ६२ प्रतिशतसम्मको दरमा बैंकले घरकर्जा प्रवाह गर्दै आएको छ। यद्यपि १० लाखभन्दा बढी कर्जाका लागि भने शून्य दशमलव ५० प्रतिशत ब्याज बढी हुने बैंकले जानकारी दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२. प्राइम कमर्सियल बैंक
प्राइम बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम थप गरी घरकर्जा प्रवाह गर्दै आएको छ। असोज मसान्तसम्मको अवधिमा बैंकको आधार दर १० दशमलव ३९ प्रतिशत छ। यसरी बैंकले १० दशमलव ९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रवाह गर्दै आएको छ। घरकर्जाका लागि ५ देखि २० वर्षसम्मका लागि कर्जा प्रवाह गर्दै आएको छ। 

३. एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले आधार दरमा ७ प्रतिशत प्रिमियमसमेत थप गरी घरकर्जाको ब्याजदर कायम गर्दै आएको छ। असोज मसान्तसम्मको अवधिमा बैंकको आधार दर १० दशमलव ७७ प्रतिशत छ। यसरी बैंकले ११ दशमलव ५२ प्रतिशतसम्म ब्याज लिएर कर्जा प्रवाह गर्दै आएको छ। 

४. स्ट्यान्डर्ड चार्टड बैंक
आधार दरको ४ प्रतिशतसम्म प्रिमियम थप गरी ब्याजदर दिने गरेको बताएको स्ट्यान्डर्ड बैंकको चालू आवको पहिलो त्रैमासमा आधार दर ८ दशमलव १४ प्रतिशत रहेको छ। यसरी बैंकले ८ दशमलव ४६ प्रतिशतमा घरकर्जा प्रवाह गर्ने देखिन्छ। बैंकबाट अधिकतम ३५ लाख रुपैयाँ १८ वर्षसम्मको अवधिका लागि कर्जाका रूपमा लिन सकिने व्यवस्था छ। 

५. नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले १० वर्ष र सोभन्दा बढी अवधिका लागि छुट्टाछुट्टै दरमा घरकर्जा प्रवाह गर्दै आएको छ। १० वर्षे घरकर्जाका लागि आधार दरमा साढे ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जानकारी दिएको बैंकले सोभन्दा बढी अवधिका लागि भने आधार दरमा ७ प्रतिशतसम्म थप गरेको छ। बैंकको पहिलो त्रैमाससम्ममा बैंकको आधार दर १० दशमलव ८ प्रतिशत रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी हेर्दा १० वर्ष वा सोभन्दा कम अवधिका लागि कर्जा लिँदा बैंकको ब्याजदर ११ दशमलव ३४ प्रतिशत हुन आउँछ। तर १० वर्षभन्दा बढी अवधिका लागि कर्जा लिने हो भने चाँहि बैंकले ११ दशमलव ५५ प्रतिशत ब्याज लिने गरेको देखिन्छ। 

६. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जा प्रवाह गर्दै आएको छ। चालू आवको पहिलो त्रैमासिक अवधिमा बैंकको आधार दर १० दशमलव ६२ प्रतिशत छ। तसर्थ बैंकले उच्चतम ११ दशमलव १५ प्रतिशतसम्मको ब्याजदरमा घरकर्जा प्रवाह गर्दै आएको छ। 

७. एभरेष्ट बैंक
एभरेष्ट बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जा उपलब्ध गराउँदै आएको छ। बैंकको असोज मसान्तसम्मको आधार दर ८ दशमलव ८० प्रतिशत रहेको छ। यसरी बैंकले ९ दशमलव २४ प्रतिशतसम्म ब्याजदर कायम गरी कर्जा प्रवाह गर्दै आएको छ। 

८. सानिमा बैंक
सानिमा बैंकले २५ वर्षसम्मको लागि घरकर्जा दिँदै आएको छ। बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रमियम थप गरेर कर्जा प्रवाह गर्दै आएको बताइएको छ। असोज मसान्तसुम्ममा आधारदर १० दशमलव ५५ प्रतिशत रहेको बैंकले ११ दशमलव ०७ प्रतिशत ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको छ। 

९. एनएमबी बैंक
एनएमबी बैंकले आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जा प्रवाह गर्दै आएको बताएको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा आधारदर १० दशमलव ६८ प्रतिशत कायम भएको बैंकले ११ दशमलव १ प्रतिशतसम्म ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको उल्लेख गरेको छ। 

१०. नेपाल एसबिआई बैंक
एसबिआई बैंकले आधार दरमा ५ प्रतिशतसम्म थप गरी घरकर्जा प्रवाह गर्दै आएको जानकारी दिएको छ। बैंकको पहिलो त्रैमाससम्ममा आधार दर १० दशमलव ४३ प्रतिशत रहेको छ। यसरी बैंकको ब्याजदर १० दशमलव ९५ प्रतिशत हुन आउँछ। बैंकले मासिक किस्तामा १५ वर्षसम्मका लागि कर्जा प्रवाह गर्दै आएको छ।

११. ग्लोबल आइएमई बैंक
असोज मसान्तसम्म बैंकको आधार दर १० दशमलव ५९ प्रतिशत रहेको छ। बैंकले घरकर्जा आधार दरमा ४ प्रतिशतसम्म थप गरेर लिने गरेको जनाएको छ। तसर्थ बैंकले ११ दशमलव ०१ प्रतिशतसम्म घर कर्जाको ब्याज लिने गरेको छ। 

१२. नेपाल इन्भेस्टमेन्ट बैंक
इन्भेस्टमेन्ट बैंकले अधिकतम १५ वर्षको लागि घरकर्जा प्रवाह गर्दै आएको छ। बैंकले आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम थप गरेर घर कर्जा दिँदै आएको छ। बैंकले ९ दशमलव ०३ प्रतिशतसम्म ब्याज लिएर घरकर्जा प्रवाह गर्दै आएको जानकारी दिएको छ। 

१३. नेपाल बैंक
नेपाल बैंकले आधार दरमा ५ प्रतिशतसम्म थप गरी घरकर्जा प्रवाह गर्दै आएको जनाएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको आधार दर ७ दशमलव ५२ प्रतिशत रहेको छ। बैंकले ७ दशमलव ८९ प्रतिशतसम्म ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको बताएको छ। बैंकले अधिकतम ५० लाखदेखि न्यूनतम ४ लाखसम्म घरकर्जा प्रवाह गर्दै आएको छ। 

१४. नेपाल क्रेडिट एन्ड कमर्स बैंक
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले घरकर्जाका लागि आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण प्रवाह गरेको छ। बैंकको पहिलो त्रैमासको अन्तमा आधारदर ११ दशमलव ४५ प्रतिशत रहेको छ। जस अन्तर्गत बैंकको घरकर्जाको ब्याजदर १२ दशमलव ०२ प्रतिशतसम्म हुन आउने देखिन्छ। 

१५. नबिल बैंक
नबिल बैंकले घरकर्जालाई अधिकतम १५ वर्षको लागि २ करोड रुपैयाँसम्म ऋण प्रवाह गर्दै आएको छ। असोज मसान्तसम्म आधारदर ८ दशमलव ०६ प्रतिशत छ। यसमा ४ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले ८ दशमलव ३८ प्रतिशत ब्याज लिने शर्तमा घरकर्जा प्रवाह गर्दै आएको छ। 

१६. मेगा बैंक
मेगा बैंकले घरकर्जा आधार दरमा २ देखि ४ प्रतिशतसम्म थप गरी कर्जा दिदैं आएको छ। असोज मसान्तमा आधारदर १० दशमलव ५५ प्रतिशत रहेको विवरण बैंकले सार्वजनिक गरेको थियो। 

१७.माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम थप गरेर घरकर्जा प्रवाह गर्दै आएको जानकारी दिएको छ। बैंकको पहिलो त्रैमासमा आधार दर ११ दशमलव २१ प्रतिशत रहेको छ। यसरी बैंकले ११ दशमलव ७७ प्रतिशत ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको छ। 

१८. कुमारी बैंक
कुमारी बैंकको चालु आर्थिक वर्षको असोज मसान्तमा आधार दर ११ दशमलव ०९ प्रतिशत रहेको विवरण सार्वजनिक भएको थियो। यसमा ८ प्रतिशत थप गरेर बैंकले घरकर्जा प्रवाह गर्दै आएको छ। जसले ११ दशमलब ९७ प्रतिशतसम्म ब्याजदर कामय गरी घरकर्जा दिँदै आएको छ। 

१९. लक्ष्मी बैंक 
आधारदरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरी घरकर्जा प्रवाह गर्दै आएको लक्ष्मी बैंकको आधारदर ११ दशमलव २८ प्रतिशत रहेको छ। यसरी बैंकले न्यूनतम ११ दशमलव ३९ प्रतिशत र अधिकतम ११ दशमलव ८४ प्रतिशतसम्मको ब्याजदरमा घरकर्जा प्रवाह गर्दै आएको छ। 

२०. जनता बैंक नेपाल
जनता बैंकले १५ वर्ष र सोभन्दा बढी अवधिका लागि छुट्टा-छुट्टै ब्याजदरमा कर्जाको व्यवस्था गरेको छ। १५ वर्षे घरकर्जाका लागि आधार ब्याजदरमा ३ प्रतिशत प्रिमियम थप गरेको छ। भने १५ वर्षभन्दा बढीका लागि भने आधार दरमा ४ प्रतिशत ब्याज थप गरेको जानकारी बैंकले दिएको छ। बैंकको कार्तिक मसान्तसम्म आधारदर ११ दशमलव २८ रहेको छ। यसरी बैंकले १५ वर्षभन्दा कम अवधिका लागि ११ दशमलव ६१ प्रतिशतसम्म ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको छ भने १५ वर्षभन्दा बढी अविधका लागि कर्जा लिन चाहेमा ११ दशमलव ७३ प्रतिशतसम्म ब्याजदर लिने जानकारी दिएको छ। 

२१. हिमालयन बैंक
हिमालयन बैंकले ३ वर्षदेखि २० वर्षको अवधिका लागि घरकर्जा दिदैं आएको छ। जसमा ऋणीले न्यूनतम ५ लाखदेखि अधिकतम ३० लाख रुपैयाँसम्म ऋण लिन सक्छन्। बैंकको आधारदर ९ दशमलव २२ प्रतिशत रहेको छ। अवधिका आधारमा ब्याजदर कायम गर्ने यस बैंकले घरकर्जाको ब्याजदरको फरकफरक दर तोकेको छ। 

२२. प्रभु बैंक
प्रभु बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जा प्रवाह गर्दै आएको छ। बैंकको असोज मसान्तसम्ममा ९ दशमलव ४९ प्रतिशत आधारदर रहेको छ। यसरी बैंकले ९ दशमलव ९६ प्रतिशत ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको छ। 

२३. सिभिल बैंक
सिभिल बैंकको आधार दर १० दशमलव ८६ प्रतिशत रहेको छ। यसमा ५ प्रतिशत थप गरेर सिभिल बैंकले घर कर्जा दिँदै आएको जनाएको छ। जस अनुसार बैंकले ११ दशमलव ४० प्रतिशतमा घरकर्जा दिँदै आएको छ। 

२४. सिटिजन्स बैंक इन्टरनेसनल
सिटिजन्स बैंकले आधार दरमा शून्यदेखि ५ प्रतिशतसम्म थप गरी घरकर्जा दिँदै आएको छ। बैंकको आधार दर ११ दशमलव १६ प्रतिशत रहेको छ। बैंकले १५ लाख रुपैयाँ ऋण अधिकतम २५ वर्षको लागि मासिक रुपमा कर्जा बुझाउने सर्तमा प्रदान गर्दै आएको जनाएको छ। कर्जाका विभिन्न स्किम ल्याएको बैंकले ब्याजदर पनि फरक फरक छ।  

२५. सेन्चुरी कमर्सियल बैंक
बैंकले समयावधिका आधारमा तीन प्रकारका घरकर्जा प्रवाह गर्दै आएको छ। जसमा १० वर्षको कर्जाको लागि आधारदरमा  शून्य दशमलव २५ प्रतिशत देखि २ दशमलव २५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लिने जनाएको छ। 

त्यस्तै १५ वर्षको लागि आधार दरमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशतसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने जानकारी दिएको छ। 

यसैगरी, २० वर्षका लागी आधारदरमा २ दशमलव २५ प्रतिशत जोडेर ४ दशमलव २५ प्रतिशत थप गरेर लिन सक्ने बैंकले जनाएको छ। बैंकको आधार दर असोज मसान्तसम्ममा ११ दशमलव ५१ प्रतिशत रहेको छ। बैंकले न्यूनतम ११ दशमलव ७७ प्रतिशतदेखि १२ दशमलव ०९ प्रतिशतसम्म कर्जा लिँदै आएको छ। 

२६. बैंक अफ काठमान्डु
बैंक अफ काठमान्डुले आधारदरमा ५ प्रतिशतसम्म थप गरेर ऋण प्रवाह गर्दै आएको छ। बैंकको असोज मसान्तसम्ममा आधारदर १० दशमलव ६२ प्रतिशत रहेको छ। बैंकले घर कर्जा अन्तर्गत ५ लाख देखि १ करोड रुपैयाँसम्म घर कर्जा प्रवान गर्दै आएको छ। यसको समय अवधि १० वर्ष देखि २० वर्ष सम्मको हुन्छ।

२७. कृषि विकास बैंक
कृषि विकास बैंकले लगानीकर्तालाई १ करोड रुपैयाँसम्मको घरकर्जा दिँदै आएको छ। जसमा बैंकले आधारदरमा ४ प्रतिशतसम्म थप गरेर ऋण प्रवाह गर्दै आएको छ। बैंकको असोज मसान्तसम्म आधारदर १२ दशमलव ३२ प्रतिशत रहेको छ। 

२८. राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जा प्रवाह गर्दै आएको छ। बैंकको आधारदर असोज मसान्तसम्ममा ६ दशमलव ३३ प्रतिशत रहेको छ। यसरी बैंकले ६ दशमलव ६४ प्रतिशत ब्याजदर कामय गरी कर्जा प्रवाह गर्दै आएको छ। 

प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्