राजविराज– भन्सार छली गरी भारतीय क्षेत्रबाट नेपाल भित्र्याइएको डेढ लाख मूल्य बराबरको बन्चरोसहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–९ श्वर्णपट्टीबाट भारतीय नागरिक ३५ वर्षीय लाल भम्कड, ४० वर्षीय धिरेन र ३५ वर्षीय लखनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट १ लाख ४० हजार बराबरको ३ सय ४८ थान बन्चरो बरामद भएको डिएसपी भावेश रिमालले बताए।
बरामद भएको सामानसहित तीनै जनालाई भन्सार कार्यालय कुनौलीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।