राजविराज– प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कृषि र पशुपालन क्षेत्रको बजेट स्थानीय तहले सडक निर्माणमा खर्च गरेको प्रति आपत्ति जनाएका छन्।
प्रदेशको मुख्य आधार नै कृषि र पशुपालन भएकाले किसानलाई समृद्ध बनाउन आएको बजेट सोही क्षेत्रमा खर्च गर्न उनले आग्रह गरे।
‘यो प्रदेशको आयश्रोत नै कृषि र पुशपालन हो, अन्य क्षेत्रको बजेट पनि कृषिमा लगाउनुपर्ने अवस्था छ,’ मन्त्री साहले भने, ‘तर कतिपय स्थानीय तहले कृषी र पशुपालनको बजेटले सडक बनाए, यो दुःखद पक्ष हो।’
आवश्यक समन्वयको अभावमा सरकारले दिएका सेवा÷सुविधा पनि किसानसँग नपुगेको भन्दै त्यसको आवश्यक व्यवस्था मिलाउन उनले प्राविधिकहरुलाई निर्देशन समेत दिए।
मन्त्री साहले ‘एक गाउँ एक प्राविधिक’ कार्यक्रम अन्तर्गत सप्तरीका १८ मध्ये १७ स्थानीय तहका पशु सेवा कार्यालयलाई उपचारका लागि औजार हस्तान्तरण गरेका छन्।
पशुसेवा विभागद्वारा करिब ५ लाख मूल्य बराबरका उपकरण हस्तान्तरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।