विराटनगर– सडकको धुलोले विस्थापित हुने अवस्था आएपछि विराटनगर–४का स्थानीयवासीले आन्दोलनको चेतावनी दिएका छन्।
विराटनगर महानगरपालिका अन्तर्गत निर्माण भइरहेको जामुनेश्वर मार्गको धुलोले सर्वसाधारण बिरामी पर्न थालेपछि स्थानीयवासी आन्दोलित भएका हुन्।
धुलोका कारण कतिपय सर्वसाधारण अस्पताल भर्ना भइसकेको उनीहरुले गुनासो गरे।
कालिका कन्स्ट्रक्सनले ठेक्का लिएको जामुनेश्वर मार्ग निर्माणको काम करिब १ वर्षदेखि रोकिएको छ।
स्थानीय केही व्यक्तिले अवरोध गरेपछि सडक र नाला निर्माणको काममा रोकिएको उनीहरुले नै जानकारी दिए।
‘आफनो घर भत्कने डरले केही स्थानीयवासीले विरोध गर,’ विराटनगर ५ का मेघराज ओझाले भने,‘अदालतमा मुद्दा पनि परेको छ।’
सडक निर्माणको काम चाँडो सक्न वा धुलो नियन्त्रणको विकल्प तयार गर्न उनीहरुले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।