काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देही जिल्ला शुद्दोधन गाउँपालिकाका इन्जिनियर कपिल अर्याल र सव(इन्जिनियर लक्ष्मण ढुङ्गानालाई ८०) हजार घुसहित नियन्त्रणमा लिएको छ।
सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिए वापत रकम लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो।
बुटवलबाट खटिएको टोलीले इन्जिनियर अर्याल र सव–इन्जिनियर ढुङ्गानालाई घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भई रहेको अख्तियारले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।