विराटनगर– इलामको साङरुम्बामा आज बिहान आगलागी हुँदा २० लाख मूल्य बराबरको क्षति भएको छ।
स्थानीय जितबहादुर नेम्बाङको घरमा आगलागी हुँदा उनको घर र घरमा रहेको खाद्यान्न, लत्ता कपडा, गहना र नगदसमेत जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
आगलागी प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।