काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भूगोलले सानो मूलुक भएपनि कला र संस्कृतिका दृष्टिले विश्वमा नै सम्पन्न मूलुक भएको बताएका छन्।
आईतबार गुरुङ समूदायको ल्होसार पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको पनि बताएका थिए। उनले राष्ट्रिय एकताको आवश्यकता रहेको समेत बताएका थिए।
प्रधानमन्त्री ओलीले मुलुकमा सामाजिक सदभाव बिथोल्ने प्रयास फेरी पनि भईरहेको उल्लेख गर्दै त्यसलाई परास्त गरेर अघि बढन पनि सबै समुदायलाई आह्वान गरे। प्रधानमन्त्री ओलीले सरकारले पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको दाबी पनि गरेका थिए।
प्रधानमन्त्री ओलीले 'संघीयता, धर्म निरपेक्षता, गणतन्त्रबाट कोही पनि पछि हटन सक्ने अवस्था छैन। सबै जाति र समूदायको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प छैन,' प्रधानमन्त्री ओलीको भनाई थियो।
कार्यक्रममा गुरुङ समूदायको भाषा, कला र संस्कृति झल्कने खालका सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।