विराटनगर– धनकुटा र सुनसरीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
धनकुटाको पात्लेखोलामा भएको सवारी दुर्घटनामा धनकुटा नगरपालिका–६ का ६२ वर्षीय गुरुप्रसाद दाहालको मृत्यु भएको हो।
धनकुटाबाट धरान जाँदै गरेको ग ३ ख ६१५१ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भई पल्टिँदा उनी गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्रकका सहचालक मेचीनगर नगरपालिकाका २१ वर्षीय चन्दन राजवंशीको उपचार भइरहेको छ।
यसैगरी इटहरी उपमहानगरपालिका–३ देविथानमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक इटहरी ४ बस्ने २६ वर्षीय सुमन परियारको मृत्यु भएको छ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका परिवारलाई इटहरीस्थित एपेक्स अस्पतालमा प्राथमिक उपचार पछि थप उपचाराका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।