काठमाडाैं- राष्ट्रिय सहकारी विकास बोर्डको सदस्य सचिवमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाका नेता चक्र बहादुर पराजुली नियुक्त भएका छन्।
भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सदस्य सचिवमा पराजुलीलाई राजनीतिक नियुक्ति दिएकी हुन्। तीन महिना देखि रिक्त रहेको पदमा पराजुली नियुक्त भएका हुन्।
सहकारी ऐन, २०४८ र नियमावली, २०४९ अनुसार बोर्डले कार्य गर्दै आएको छ। बोर्डले सहकारी संस्थाहरुलाई नियमन तथा निर्देशन गर्दै आएको छ। बोर्डमा देशभरका करिब २३ हजार सहकारी संघसंस्थाहरु आवद्ध छन्।
पूर्व एमालेको अनुशासन आयोगका केन्द्रीय सदस्यसमेत रहेका पराजुली स्याङ्जा एमालेका पूर्व जिल्ला अध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।