काठमाडौं– गायक तथा मोडल चक्र बमको नयाँ गीत 'विद्यानास'काे म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक बमकै शब्द तथा लय रहेको गीतमा नेपाल आइडल–२ को अडिसनमा 'र्याप' गाएर चर्चित बनेकी करिश्मा विष्टको पनि स्वर रहेको छ।
युट्युबमा 'रिलिज' भएको तेस्रो दिनमै गीत अहिले लोकप्रियताको 'ट्रेन्डिङ'मा २३औं नम्बरमा परेको छ।
कमल सौरागको संगीत सयोजनमा रहेको यस म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन्। गीतमा प्रकाश खड्काकाे छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ।
गीतकाे म्युजिक भिडियाेमा बमका साथै अंकित, करिश्मा ढकाल र करिश्मा बिष्टको अभिनय छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।