• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वैदेशिक रोजगार ऐन संशोधन : म्यानपावरको नियमन र खारेजीको अधिकार स्थानीय तहलाई

64x64
नेपाल लाइभ आइतबार, पुस १५, २०७५  ०७:०१
1140x725

काठमाडौं- वैदेशिक रोजगारीमा कमदार पठाउने म्यानपावर कम्पनीको नवीकरण, नियमन र खारेजीको अधिकार स्थानीय तहलाई समेत प्रत्यायोजन गर्न लागिएको छ। सरकारले आइतबार संसदमा दर्ता गराएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा म्यानपावरमाथि नियमन गर्ने अधिकार स्थानीय तहलाई पनि प्रदान गरेको हो।

उक्त विधेयकमा म्यानपावरको धरौटी वृद्धि गर्ने प्रस्ताव समेत गरिएको छ। वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरी यी व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो।
 
विगत ४ वर्षदेखि चर्चामा रहेको म्यानपावर कम्पनीको धरौटी वृद्धिको विषयले ऐनमा संशोधन गरिएपछि मूर्त रुप लिनेछ। सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले बुझाएको रकम सुरक्षित गर्न म्यानपावर कम्पनीको धरौटी रकम बढाउन ऐन संशोधन गर्ने तयारी थालेको थियो। 

म्यानपावरको धरौटी वृद्धि र म्यानपावर सञ्चालनका लागि आवश्यक ऐन परिवर्तनको विषय उठान गरिएको बताइएको छ। 

विधेयक पारित भएर आए वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीका आकार खुम्चिने विश्वास श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ। 

धरौटी बढे कसलाई के फाइदा?
हाल वैदेशिक रोजगार विभागमा १ हजार ५ सय म्यानपावर दर्ता छन्। तर करिब ८ सय म्यानपावरले मात्र कामदार वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका छन्। विधेयकमा व्यवस्था भए अनुसार धरौटी वृद्धि भए बैंक र म्यानपावर पीडितलाई फाइदा हुने देखिन्छ। 

म्यानपावरले राखेको बैंक ग्यारेन्टी बैंकले निर्ब्याजी चलाउन पाउने व्यवस्था संशोधनको मस्यौदामा छ। म्यानपावरले राखेको नगदको ब्याज भने सरकारले सञ्चालन गरेको कल्याणकारी कोषमा जम्मा हुन्छ। उक्त रकम वैदेशिक रोजगारीका क्रममा समस्या परेका कामदार उद्धार गर्ने कार्यमा खर्च गरिने व्यवस्था गरिएको छ। 

धेरै म्यानपावर कम्पनी दर्ता हुन थालेपछि धरौटी बढाएर कडाइ गर्न लागेको श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालले जानकारी दिए।

वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरेर रोजगार र श्रमिकमैत्री बनाउन लागेको उनले बताए। 'आवश्यकभन्दा बढी म्यानपावर कम्पनी दर्ता हुन थालेपछि धरौटी बढाएर कडाइ गर्न लागेको हो। रोजगारदाता देशमा पहुँच नभएका व्यक्तिले बिचौलियाको सहयोगमा डिमाण्ड ल्याउने भएकाले रोजगारीमा गएका धेरै नेपाली कामदार विदेशमा अलपत्र पर्ने गरेका छन्। यस्ता अवस्था रोक नै पर्ने देखिन्छ,’ सचिव दाहालले भने। 
 
सरकारले कानुन संशोधन गरेर धरौटी बढाउने र ठगिएका कामदारको गुनासो सुनुवाइ गर्ने प्रक्रिया समेत सहज बनाउन लागेको मन्त्रालयले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले संसदमा पेस गरेको मस्यौदा पारित भए रोजगारी पीडितलाई बिगो भराउन सहज हुने मन्त्रालयको विश्वास छ। म्यानपावरको धरौटी रकम ३० लाख हुँदा एउटै म्यानपावरले करिब एक करोडभन्दा धेरै ठगी गर्दा रोजगारपीडितलाई बिगो भराउन समस्या भइरहेको छ।

सरकारले सिफारिस गरेको धरौटी वृद्धिले ठूला ठगी गर्ने म्यानपावरको धरौटी काटेर बिगो भराउन सहज हुने देखिन्छ। हाल १ करोड ठगी गर्ने एक दर्जन म्यानपावर कम्पनीविरुद्ध विभागमा उजुरी परेका छन्। 

म्यानपावरले मर्जरमा जानुपर्ने 
श्रम मन्त्रालयले ऐन संशोधन गरेर वार्षिक ५ हजारसम्म कामदार पठाउने लक्ष्य राख्ने म्यानपावर संस्थाले धरौटीबापत १ करोड रुपैयाँ नगद र दुई करोड रुपैयाँको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था संशोधनको मस्यौदामा उल्लेख छ। 

वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने लक्ष्य राखेर इजाजत माग गर्ने संस्थासँग धरौटीबापत २ करोड रुपैयाँ नगद र ४ करोड रुपैयाँको बैंक ग्यारेन्टी अनिवार्य राख्नु पर्ने प्रावधान समावेश छ। जसका कारण म्यानपावर व्यवसायीलाई कम्पनी मर्ज गरी चलाउनु पर्ने अवस्था सिर्जना हुन सक्छ। 

Xtrem

Xtrem

प्रस्तावित व्यवस्था जस्ताको तस्तै पारित भए करिब ३ सय म्यानपावर कम्पनी मात्र सञ्चालन हुन सक्ने अवस्था छ। यसर्थ धेरै कम्पनीले मर्जरमा जानुपर्ने देखिन्छ। 

वैदेशिक रोजगारी क्षेत्र सुरक्षित बनाउन धरौटीका नाममा सिन्डिकेट लगाएको वैदेशिक रोजगार व्यवसायीको आरोप छ। 'धरौटीका कारण म्यानपावर व्यवसाय धरापमा छ,' वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तानाले भने। 

हाल, म्यानपावरले ७ लाख रुपैयाँ नगद र २३ लाख रुपैयाँको बैंक ग्यारेन्टी राख्ने प्रवाधान कार्यान्वयनमा छ।

त्यस्तै, कामदार पठाउन श्रम स्वीकृत लिएको ३ महिनाभित्र सम्बन्धित कामदारलाई वैदेशिक रोजगारमा पठाइसक्नुपर्ने प्रावधानसमेत विधेयकमा राखिएको छ। यसअघि पनि तीन महिनाभित्र पठाइसक्नुपर्ने भए पनि श्रम स्वीकृति लिएको मितिदेखि गणना गर्ने कानुनी व्यवस्था थिएन। तीन महिनाभित्र रोजगारीका लागि विदेश पठाउन नसके वार्षिक २५ प्रतिशतका दरले ब्याजसमेत तिर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ। यसअघि २० प्रतिशत ब्याज दिनुपर्ने व्यवस्था रहेको थियो।

प्रदेश, जिल्ला र कूटनीतिक नियोगबाट पनि सेवा  
वैदेशिक रोजगारीमा गई विभिन्न देशमा कार्यरत नेपालीका हकमा दुई पटकसम्म पुनः श्रम स्वीकृति पनि कूटनीतिक नियोगबाटै जारी गर्ने भएको छ। यसले कामदारलाई धेरै सहज हुने देखिन्छ।   

अहिले वैदेशिक रोजगारीमा गएका कामदारले श्रम अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनैपर्ने बाध्यता छ। 

वैदेशिक रोजगार ऐनको दफा २१ को संशोधन प्रस्तावमा विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिनसक्ने व्यवस्था गरिएको छ। यसका लागि कामदारले कायविधि र निदेशिकाले तोकेका कागजपत्र भने अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ।

श्रम अवधि सकिएपछि अवैध भएर काम गर्ने प्रथाको अन्त्य हुने सरकारको विश्वास छ। हाल श्रम अवधि सकिए पनि ७ लाखभन्दा बढी युवा रोजगारदाता देशमा अवैध रुपमा काम गरिरहेको सरकारी अनुमान छ।

वैदेशिक रोजगारीमा ठगिने पीडितले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समेत उजुरी दिन सकिने व्यवस्था ऐनमा छ। यसअघि वैदेशिक रोजगारी विभागमा उजुरी र मुद्दाका लागि धाउनुपर्ने बाध्यता थियो।
 
म्यानपावर नवीकरण, खारेजी, नियमन, विकास प्रवर्धन, व्यवस्थापन, उद्यमशीलता विकासको कामसमेत स्थानीय तहका सरकारले गर्ने गरी अधिकार थपिएको छ। अब म्यानपावर पीडितले स्थानीय तहमा नै उजुरी गर्न पाउनेछन्। 

म्यानपावरविरुद्ध प्रशासनमा उजुरी परेमा ७ दिनभित्र वैदेशिक रोजगार विभागमा पठाइसक्नु पर्नेछ। विभागले जिल्लाबाट आएको उजुरीका आधारमा म्यानपावरलाई कारबाहीका सिफारिस गरी जिल्लामा जानकारी गराउने व्यवस्था समेत गरिएको छ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०७५  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्