काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्वभौमिकता जोगाउन राजा वीरेन्द्रले दलहरुसँग साझेदारी गरेको बताएका छन्।
राजा वीरेन्द्रको शुभजन्मोत्वका अवसरमा नेपाल प्राज्ञिक परिषदद्वारा आयोजित ‘श्री ५ वीरेन्द्रः एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र मुलुकको सुरक्षा कवचको रुपमा अघि सारेको शान्ति क्षेत्रको प्रस्तावले समग्र देश र जनताप्रतिको उत्तरदायित्वको पुष्टि भएको उल्लेख गरेका थिए।
दूरदर्शी सोचका साथ देशको बृहत्तर हितका लागि स्व. राजा वीरेन्द्रबाट भएका कार्यहरु अविष्मरणीय रहेको विचार व्यक्त गरेका थिए।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको सम्मानमा पुस २७ गते लाई राष्ट्रिय एकता दिवसको रुपमा मान्यता दिई सो दिन सार्वजनिक बिदा दिन समेत सरकारसँग माग गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले देश बनाउन र बचाउन पूर्वराजाहरू पृथ्वी नारायण शाह, महेन्द्र र वीरेन्द्रबाट भएका कार्यहरुको बयान शब्दमा गर्न नसकिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।