मुम्बई (एजेन्सी)– टम लाथमको उत्कृष्ट सतकको सहयोगले न्युजिल्यान्डले घरेलु भारतलाई उसैको घरमा पहिलो एकदिवसीय खेलमा ६ विकेटले पराजित गरेको छ।
श्रीलंकालाई उसैको घरमा ५–० र अस्ट्रेलियालाई आफ्नै घरमा ४–१ ले पराजित गरेको भारतलाई किवीले ३ एकदिवसीयको शृंखलामा १–० ले पछि पारेको हो। आइतबार सम्पन्न खेलमा ८० रनमा ३ महत्वपूर्ण विकेट कप्तान केन विलियम्सन (६), मार्टिन गुप्टिल (३२), कोलिन मुनरो (२८) लाई गुमाइसकेको अवस्थामा किवीका लागि रोस टेलर र लाथमले चौथो विकेटका लागि २ सय रनको साझेदारी गरेका थिए।
भारतले कप्तान विराट कोहलीको १ सय २१ रनको सतकीय इनिङमा ८ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो। प्रत्युत्तरमा खेल सकिन १ ओभर बाँकी रहँदा न्युजिल्यान्डले ४ विकेट गुमाउँदै सहज जित हात पार्यो। टेलर सतकबाट ५ रनले चुके। उनले ९५ रन बनाए।
लाथम ८ चौका र २ छक्काको सहयोगले १ सय २ बलमा १ सय ३ रन बनाएर अविजित रहे। भारतको बलिङ आज फितलो रहयो।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको भारतका लागि कप्तान कोहलीले मात्र प्रभावशाली ब्याटिङ गरे। उनले एकदिवसीयमा ३१ सतक पुरा गरे। तर, उनको प्रदर्शनले भारतलाई जिताउन सकेन्।
न्युजिल्यान्डसँगको पराजयपछि भारत १–० ले पछाडि परेको छ। भारत विरुद्ध ४ विकेट लिएका बाेल्ट म्यान अफ दि म्याच घाेषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।