भोजपुर- भोजपुर नगरपालिका–६ देउरालीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
भोजपुर बसपार्कबाट धरानको लागि आज बिहान ११ बजे छुटेको को १ ख ३०५९ नं को बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिँदा भोजपुरको अरुण गाउँपालिका–३ प्याउली बस्ने ५० वर्षीय हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो।
बसमा सवार १८ जना यात्रुमध्ये ८ जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल भोजपुर सिद्धकाली हस्पिटलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।