काठमाडौं– नेपालमा पनि औषधिको गुणस्तर मानवमा परीक्षण गरिने भएको छ। यसअघि औषधिको गुणस्तर क्लिनिकल प्रविधि (बायोएस्से) बाट हुने गर्दथ्यो।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानले पहिलो पटक बायोइक्युभ्यालेन्स सेन्टर स्थापना गर्नेछ।
मानवमा औषधिको गुणस्तर परीक्षणका लागि सोही केन्द्रले आवश्यक तालीम, पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्ने सहमति जनाएको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र संस्थानका डिन प्राडा जगदीश अग्रवालबीच सो सहमतिसम्बन्धी आयोजित कार्यक्रममा हस्ताक्षर सम्पन्न भयो।
केन्द्र स्थापना गर्न विभागले चिकित्सा अध्ययन संस्थानलाई रु पाँच करोड सहयोग प्रदान गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।