काठमाडौं– कैलालीकाे एक मासु पसलेलाई नेकपा (बिप्लप) र बर्दगोरिया गाउँपालिकाका किसानले पक्राउ गरी इलाका प्रहरी कार्यालय बौनियामा बुझाएका छन्।
घाेडाघोडी नगरपालिका– ४ साडेपानीमा रहेको बुधराम चौधरीको पसलमा अवैध कुखुरा झार्दै गरेकाे अवस्थामा उनलाई स्थानीयले पक्राउ गरेका थिए।
चौधरीले भारतबाट अवैध रुपमा कुखुरा ल्याएकाे उनीहरुको आरोप छ।
बर्दगोरिया गाउँपालिकाका किसानले मर्का खेपिरहेका बेला अवैध रुपमा भारतबाट ल्याएका कुखुरालाई कुनै पनि हालतमा बजारमा बिक्री गर्न नदिने किसानहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।