काठमाडौं–बहस श्रृंखला डिस्कोर्स डबलीको पुस अंकमा लेखक आहुतीसँगको वैकल्पिक इतिहास लेखनबारे शुक्रबार छलफल भएको छ।
उनले नयाँ पुस्ताले इतिहासका स्थापित मान्यताबारे जोरी खोज्नुपर्ने बताए। इतिहासको उचित बुझाइले समाजका समस्या र अवसरबारे जानकारी हुने भएकाले इतिहासबारे स्थापित मान्यतामा प्रश्न गर्नुपर्ने उनले बताए।
‘इतिहास कुन कालमा कस्ले लेख्यो, त्यसैअनुसार व्याख्या हुने हो,’ उनले भने, ‘त्यसैले इतिहासमाथि जोरी खोज्नु आवश्यक हुन्छ।’
स्थापित इतिहासको एउटा पक्षबाट मात्र व्याख्या भएको हुनाले प्रश्नले थप पक्षहरू खोतल्ने उनले बताए।
‘अहिले समृद्धिको हल्ला चलाइएको छ,’ उनले भने, ‘त्यसो हो भने हाम्रो समाज किन गरिब भयो त भन्ने प्रश्नको जवाफ खोज्नु पर्छ कि पर्दैन।’
राणाशासनको उदयसँगै पश्चिमाहरूसँग भर पर्ने र आफूले केही उत्पादन नगर्ने प्रचलनले नेपाली समाज गरिब भएको उनको तर्क छ।
राणाकालमा फलाम खानी र कपास खेती बन्द गरिएपछि नेपाल परनिर्भर बन्न सुरु भएको र यसैकारण नेपालले उन्नती गर्न नसकेको उनले दाबी गरे।
डिस्कोर्स डबलीले हरेक महिनाको दोस्रो शुक्रबार काठमाडौंमा समसामयिक र सैद्धान्तिक विषयमा छलफल चलाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।