काठमाडौं– बालबालिकाबाट हुने आपराधिक कार्यलाई न्यूनिकरण गर्ने उदेश्यका साथ बाल समन्वय समितिले निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ।
‘बाल न्याय’ को विषयमा गरिएको निबन्ध लेखनमा २० वटा विद्यालयका विद्यार्थीहरू सहभागी थिए।
प्रतियोगितामा चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयका छात्र दिपिन अधिकारी प्रथम र सोही स्कुलका शंकर दुबे द्धितिय भएका छन्।
यस्तै कलंकी स्थित नेपालय माध्यामिक विद्यालयबाट साधना सापकोटा तृतिय भएकी छन।
प्रतियोगितामा प्रथम हुनेलले २५ हजार, द्धितिय हुनेले २० हजार र तृतिय हुनेले २० हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।