राजविराज– राजविराजमा ‘माटो तथा मल परीक्षण प्रयोगशाला’ सञ्चालनमा ल्याइएको छ।
परीक्षणका माध्यमद्वारा माटो अनुसारको कृषि बालीका लागि किसानलाई प्रोत्साहित गर्ने उदेश्यले प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शुक्रबार प्रयोगशालाको उद्घाटन गरे। प्रदेशको आठ वटै जिल्लामा व्यावसायिक र उन्नत जातका कृषि उपजहरू वृद्धिका लागि प्रयोगशालाको अवधारणा ल्याइएको मन्त्री साहले बताए।
मन्त्री साहले अब कसैले पनि जग्गा बाँझो राख्न नपाउने गरी प्रदेश सरकारले ऐन ल्याउन लागेको समेत जानकारी दिए।
उनले कृषिको उत्थान नगरी मुलुकको आर्थिक विकास सम्भव नरहेको बताए।
‘किसानमुखी कार्यक्रम ल्याएर उत्पादन बढाउन सरकार प्रयत्नशील छ, हामी सबै प्रकारका सहयोग गर्न तयार छौँ,’ मन्त्री साहले भने।
प्रयोगशालामार्फत् कृषकहरूले जमिनको माटो परिक्षण, माटो अनुसार मलको प्रयोग, मौसम अनुकुल खेती गर्ने विधि लगायतका विषयबारे जानकारी पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।