रत्ननगर- पूर्व–पश्चिम राजमार्गस्थित टाँडीको निपनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
बा ६१ प ९२१ नं को स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको ना २ ख २१६६ नं को ट्रकले ठक्कर दिँदा बागलुङ घर भई भरतपुर ९, मा डेरा गरी बस्ने वर्ष २४ का प्रवीण पौडेलको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो १ बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
पौडेल एपी वान टेलिभिजनका क्यामरा पर्सनका रुपमा काम गर्दै आएका थिए।
ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।