काठमाडौं– नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ८० एम्पुलसहित बिहीबार बिहान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–११मा डेरा गरी बस्ने २० वर्षीय समिर कुमार सिंह र लालबन्दी नगरपालिका–२ बस्ने १९ वर्षीय अभिषेक पासवान रहेका छन्।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले कोठामा लुकाइराखेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।