काठमाडौं– काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित नक्कली सुनलाई सक्कली भनी विक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर बस्ने काठमाडौं महानगरपालिका–१७ घर भएका २९ वर्षीय राजु परियार रहेका छन्।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सुनजस्तो देखिने बेरुवा औंठी ४१ थान, साझा औंठी १२ थान, सिक्री २१ थान, बाला १ थान, टप ४ थान, चांदी जस्तो देखिने सिक्री १ थान, नगद १६ हजार ७ सय रुपैयाँ, पथ्थर ७ थान, चक्कु १ थान, विभिन्न व्यक्तिहरूको नागरिकता १२ थान बरामद गरेको छ।
त्यसैगरी विभिन्न व्यक्तिको लाइसेन्स ३ थान, जनावरको दांत जस्तो देखिने सेतो वस्तु १ थान, ज्योती विकास बैंकको खाली चेक १ थान, मोबाइल थान ४ र कालो छालाको हाते ब्याग १ थानसहित उनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।