काठमाडौं– नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रीय अध्यक्ष डा सितलकाजी श्रेष्ठ दुग्ध विकास संस्थानको बोर्ड सदस्यमा मनोनयन भएका छन्।
नेपाल सरकारको पुस १२ डा श्रेष्ठलाई दुई वर्षको लागि विज्ञको रुपमा मनोनयन गर्ने निर्णय गरेको हो।
भेटेरिनरी जनस्वास्थ्यमा स्नातकोत्तर डा श्रेष्ठ विगत १३ वर्ष देखि यस क्षेत्रमा क्रियाशिल छन्। भेटेरिनरी व्यवसायमा सक्रिय उनी यसअघि राष्ट्रिय विषादी बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत संस्थामा पनि आवद्ध थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।