काठमाडौं– बालाजु बाइपासमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नम्बरको टिप्परले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनकी श्रीमतीलाई थिचेर घाइते भएकामा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दलबहादुरको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।
मृतक दलबहादुरकी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।