रुकुम पूर्व– रुकुम पूर्वमा बिहीबार अपराह्न ४ बजेतिर ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका तकसेराबाट कोलतर्फ जाँदै गरेको रा१त १६९४ नम्बरको ट्याक्टर सोही गाउँपालिका–१२ को गर्खानीमा दुर्घटना हुँदा ट्याक्टरमा सवार भुमे गाउँपालिका–१ पञ्चासेका १६ वर्षीय बिस्मत गुरुङको मृत्यु भएको रुकुम पूर्व जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
दुर्घटनामा परी रुकुम (पश्चिम) आठबिसकोट नगरपालिकाका दिलीप विक घाइते भएका छन्। हिउँमा चिप्लिएर ट्याक्टर सडकबाट करीब ३ सय मिटर तल खसेको बताइएको छ। घाइते विकको जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम)मा उपचार भइरहेको छ।
ट्याक्टर चालक दाङका सन्तोष चौधरी फरार रहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।