मुम्बई (एजेन्सी)– कप्तान विराट कोहलीको सतकको सहयोगले भारतले न्युजिल्यान्ड विरुद्ध आइतबारदेखि सुरु भएको एकदिवसीय शृंखलामा भ्रमणकारी टोलीलाई २ सय ८१ रनको चुनौती दिएको छ।
कोहलीले १ सय २५ बलमा २ छक्का र ९ चौकाको सहयोगले बनाएको १ सय २१ रनको सहयोगले भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनायो।
२९ रनको स्थितिमा राहुल शर्मा (२०) र शिखर धवन (९) को प्रारम्भिक जोडीलाई गुमाएको भारतका लागि कोहलीले उत्कृष्ट ब्याटिङ गरे। २ सय एकदिवसीय खेलिरहेका कोहलीले ३१ सतक पनि पुरा गरे।
उनीबाहेक दिनेश कार्तिकले सर्वाधिक ३७ रन बनाए। पूर्व कप्तान महेन्द्रसिंह धोनीले २५ रन बनाए। पुछारमा भुवनेश्वर कुमारले २६ रन बनाए।
भारत विरुद्ध प्रारम्भिक बलर ट्रेन्ट बोल्ट घातक सावित भए। उनले १० ओभर फ्याँक्ने क्रममा १ मेडन सहित ३५ रन मात्र खर्चेर ४ विकेट लिए। टिम साउथी ७३ रन खर्चदै महंगो सावित भए पनि ३ विकेट लिए। दुबै तिब्र बलर मिलेर ७ विकेट बाँडेका थिए। साउथीले कप्तान कोहलीलाई आउट गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।