काठमाडौं– सार्वजनिक खर्च पुनरावलोकन आयोगले राष्ट्रिय गौरवको आयोजनाको ठेकेदार कम्पनीमाथि कडा निगरानी राख्न सरकारलाई सुझाव दिएको छ।
आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूमा ठेक्का पट्टा दुरुपयोग गर्ने लगायतका काम भएको निष्कर्ष निकाल्दै त्यस्ता ठेकेदार कम्पनीमाथि कडा निगरानी राख्न सरकारलाई सुझाव दिएको हो।
बिहीबार पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा. डिल्लीराज खनालले गुणस्तरहीन काम गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न पनि सरकारलाई आग्रह गरे।
गुणस्तरहीन काम गर्ने तथा आयोजनाको लागत बढाउने खालका प्रवृत्तिलाई नियमन गरी कारबाही गर्न सरकारलाई सुझाव दिइएको छ।
आयोगले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नसमेत सरकारलाई अनुरोध गरेको छ।
खर्च प्रणालीमा तत्काल सुधार ल्याउन सरकारलाई आग्रह गरिएको अध्यक्ष खनालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।