काठमाडौं– रामेछापको मन्थली नगरपालिका–७ मुगिटार ढिकुटी भन्ने ठाउँमा एउटा वयस्क चितुवा मृत भेटिएको छ।
बिहीबार बिहान ७ बजे स्थानीयले चितुवा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी र जिल्ला वन कार्यालय रामेछापको संयुक्त समन्यवमा चितुवा इलाका वन कार्यालयको हाताभित्र गाडिएको छ।
चितुवा किन मर्यो भन्नेबारे जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।