मुम्बई (एजेन्सी)– भारतीय कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा ३१ औं सतक पूरा गरेका छन्। न्युजिल्यान्ड विरुद्ध हाल मुम्बईको वाङ्खडे रंगशालामा भइरहेको पहिलो एकदिवसीयमा विराटले ३१ सतक पुरा गरेका हुन्।
उनी यही खेलमार्फत २ सय एकदिवसीयमा भारतीय टिमबाट प्रतिनिधित्व गरिरहेका छन्। सन् २००८ मा श्रीलंका विरुद्ध दम्बुलामा डेव्यु गरेका विराटले यसअघि ५५ दशमलव १३ को औसतले १ सय ९१ इनिङमा ८ हजार ७ सय ६७ रन बनाएका थिए। जसमा ४५ अर्धसतक पनि समावेश थियो।
उनले अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले एकदिवसीयमा बनाएको ३० सतकको कीर्तिमानलाई पछाडि छोडेका हुन्। भारतीय कप्तानको अगाडि अब आफ्नै देशका पूर्व स्टार सचिन तेन्दुलरको सतकको कीर्तिमान रहेको छ। सचिनको नाममा एकदिवसीयमा ४९ सतकको कीर्तिमान छ।
सचिनपछि उनी एकदिवसीयमा सतक बनाउने अब दोस्रो व्याट्सम्यान बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।