क्राइस्टचर्च– श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्डका तिव्र गतिका बलर ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङको नमुना प्रस्तुत गरेका छन्।
उनले श्रीलंकाविरुद्ध पहिलो इनिङमा १५ बलको बीचमा ४ रन दिँदा ६ विकेट लिएका हुन्। बोल्ट ३६.४ ओभरमा रोशेन सिल्भालाई आउट गरेपछि लगातार विकेट लिन सफल भए। उनले सिल्भालाई २१ रन बनाएर खेलिरहदा टिम साउथीबाट गराए।
उनले ३८.१ ओभरमा निरोशन डिकवेलालाई ४ रनमा टिम साउथीबाट क्याच गराए। त्यही ओभरको पाँचौ बलमा उनले दिलरुवान परेरासलाई खाता नै खोल्न नदिइ एलबिडल्बूको धरापमा पारे। छैटौं बलमा सुराङ्गा लम्कल पनि खाता नै खोल्न नपाई एलबिडब्लूको धरापमा परे।
४०औं ओभरको दोस्रो बलमा दुसमान्था चमेरा र छैटौं बलमा लाहिरु कुमारालाई पनि रन जोड्न नपाई एलबिडल्लमार्फत पेभिलियन फर्काए थिए। यसरी बोल्टले १५ बलमा ४ रन दिँदा ६ विकेट लिन सफल भए। उनले १५ बलमा ६ विकेट लिँदा ८ बल डट फ्याँकेका थिए। १ बल भने चौका भएको थियो।

उनले त्यसअघिका सुरुवाती १२ ओभरमा भने विकेट लिन सकेका थिएन्। इनिङमा १५ ओभर बलिङ गरेका उनले ३० रन खर्चिए।
उनले श्रीलंकाका पछिल्ला ६ विकेट लिएपछि श्रीलंका पहिलो इनिङमा १ सय ४ रनमा अलआउट भयो। यसअघि पहिलो इनिङमा घरेलु टिम न्युजिल्यान्डले १ स ७८ रन जोडेको थियो। अहिले न्युजिल्यान्डले दोस्रो इनिङमा ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।