लिभरपुल– इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले सानदार जित हात पारेको छ। लिभरपुलले बुधबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई ४–० गोलले हरायो।
लिभरपुलको जितमा लोर्भेनले खेलको ११ मिनेटमा पहिलो गोल गरे। सलाहले ४७ मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरदा साकिरीले ७९ मिनेटमा तेस्रो गोल गरेका थिए। खेल सकिन पाँच मिनेट बाँकी छदा फाबियानोले लिभरपुलका लागि चौथो गोल गर्न सफल भए।
यता साविक विजेता म्यानचेस्टर सिटीलाई लेस्टर सिटीले २–१ गोलले पराजित गरेको छ। सिटीले बेर्नान्डो १४ मिनेटमा पहिलो गोल गरे। तर १९ मिनेटमै अलब्राइटनले गोल गरेर लेस्टरलाई खेलमा फर्काए। ८१ मिनेटमा रिकार्डो पेरेइराले अर्को गोल गरेपछि लेस्टरले अग्रता लियो। सिटीका डेल्फ ८९ मिनेटमा रातो कार्ड पाउदै मैदान छाड्न बाध्य भएका थिए।
लिगका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले हडर्सफिल्डलाई ३–१ गोलले हराएको छ भने टोटनह्यामले वर्नमाउथमाथि ५–० गोलको जित निकालेको छ। आर्सनल र ब्रिङ्टनले १–१ गोलको बराबरी खेलेका छन्। चेल्सीले वाटफोर्डमाथि २–१ को जित हात पारेको छ।
लिगको शीर्ष स्थानको लिभरपुलको १९ खेलबाट ५१ अंक छ। ४५ अंकसहित टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ। तेस्रो स्थानमा झरेको सिटीको ४४ अंक छ। चौथो स्थानको चेल्सीको ४० र पाँचौ स्थानको आर्सनलको ३८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।