राजविराज– सप्तरीमा ७ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी छन्।
अग्निसाइर कृष्णशवरण गाउँपालिका १ जण्डौल बस्ने २० वर्षीय सुन्दरकुमार सदालाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
सदाले घर नजिकै खेलिरहेकी बालिकालाई एकान्त स्थानमा लगेर बलात्कार गरेको सप्तरीका डिएसपी भावेश रिमालले बताए।
पीडित बालिकाको आफन्तको जाहेरीका आधारमा सदालाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरिएको उनले बताए।
घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।