जनकपुर- महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राजकिशोर चौधरीका छोरा राजु चौधरीले ट्राफिक प्रहरीमाथि हातपात गरेका छन्।
मंगलबार बिना हेल्मेटको मोटरसाइकल चलाइरहेको अवस्थामा ट्राफिकले हेल्मेट किन नलगाएको भनेपछि मोटरसाईकलबाट झरेर गुण्डागर्दी शैलीमा ट्राफिक प्रहरीमाथि हातपात गरेको प्रहरीले जानकारी दिएको छ।
'मेरो बुवा वडा अध्यक्ष छ, थाहा छैन? त्यतिकै बिना हेलमेट हिडेको होईन। मैले हेल्मेट नलगाउँदैमा कसले के गर्न सक्छ?' भन्दै राजुले ट्राफिक प्रहरीलाई हातपात गरेका थिए।
स्थानीय निकायको चुनावपछि गाउँ-गाउँमा आएको सिंहदरबार नभेटाए पनि ग्रामीण भेगमा जनप्रतिनिधिको धाक लगाउँदै उनीहरुका नातागोताका व्यक्तिहरुले कानुनलाई धज्जी उडाएको भन्दै आलोचना हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।