काठमाडौं– अवैध रुपमा ओसार पसार गरी ल्याएको जीवित संरक्षित पक्षी लाटोकोसेरोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–३१ दीर्घशान्ति टोलबाट प्रहरीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका बस्ने सर्लाही घर भएका ६१ वर्षीय रंगबहादुर ब्लोन र भोजपुर सडानन्द नगरपालिका–१२ बस्ने २१ वर्षीय नकुल तामाङ रहेका छन्।
अवैध रुपमा संरक्षित पक्षीको खरिद विक्री तथा ओसारपसार हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र डिभिजन वन कार्यालय काठमाडौंबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त पंक्षी सहित पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय काठमाडौं लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।