काठमाडौं- प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेर जवाफ माग गरेको छ। प्रहरी महाशाखा, आयोगका क्षेत्रीय कार्यालय र सम्पर्क कार्यालय आइजिपी खनालले आफू मातहत ल्याएको भन्दै अख्तियारले लिखित जवाफ माग गरेको हो।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालले यसबारेमा बुझ्न पत्र काटिएको बताउँदै भने, ‘हामीले पत्र काटेका छौं। जवाफ आएको छैन। जवाफ आएपछि थप के गर्ने भन्ने टुंगो लाग्छ।’
अख्तियारले आफू मातहत रहेको प्रहरी महाशाखा के कति कारणले आइजिपी सचिवालयमा राखियो भन्ने प्रश्नको जवाफ माग गरेको हो। आइजिपी खनालले यी कार्यालय गत मंसिर ११ गते आफ्नो सचिवालयमा मातहत रहने भन्दै अख्तियारलाई पत्र पठाएका थिए।
अख्तियारमा डिआइजीको नेतृत्वमा ३ सय १० प्रहरी कर्मचारी छन्। यी प्रहरीलाई अख्तियारले नै अहिलेसम्म परिचालन गर्दै आएको छ। आइजिपी खनालले मंसिर ११ मा लेखेको पत्र अनुसार आइजिपीकै निर्देशनमा अख्तियारका प्रहरी परिचालन हुनेछन्।
गत जेठ २७ गते मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ स्वीकृत गरेको थियो। सोही प्रतिवेदनलाई आधार मान्दै महानिरीक्षक सचिवालयले महानिरीक्षक सचिवालय, अपराध अनुसन्धान तथा कार्य विभाग, प्रशासन तथा मानव स्रोत विभाग, प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरीको कार्य बाँडफाँट गरेको थियो।
यस्तो थियो प्रहरीले तोकेको कार्य बाँडफाँट


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।