काठमाडौं- सामाजिक अभियन्ताहरुको समूहले काठमाडौं र ललितपूरमा रहेका घरबारविहिन र सडक बालबालिकाहरुलाई कम्बल वितरण गरेको छ। भावना रावत, जेसन वैद्य, राजीया बानु, आशिष काफ्ले, सञ्जिला मगर, सिमरन बुढाथोकी, ऋचा शर्मा, प्रमोद लामिछानेको समूहले फन्ड उठाएर सहयोग गरेको हो।
दरबारमार्गमा भएको अक्टेभ रेष्टुरेन्टमा भएको कार्यक्रममा त्रिकोण ब्यान्डले निःशुल्क प्रस्तुति दिएको थियो। उनीहरुले करिब ७५ हजार पैसा जुटाएका थिए। त्यो पैसाले मंगलबार र आज बुधबार गरी करिब २५० जना सडक बालबालिकाहरुलाई कम्बल बाँडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।