गलेश्वर– अन्नपूर्ण गाउँपालिका– ६ तलेत्रमा गएराति क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीयवासी पृथबहादुर बरुवालको निधन भएको आठौँ दिन क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ। खाना पोकाउँदै गर्दा परालमा आगो लागेपछि गोठ जलेको स्थानीयवासी सुरेन गुरुङले जानकारी दिए।
घारखोला हाइड्रोपावरमा सुरक्षार्थ तैनाथ श्रीबक्स गुल्मका सैनिक, प्रहरी र गाउँलेको सहयोगमा आगो निभाइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।