काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताएकी छिन्।
उनले आगलागीबाट दर्जनौं घाइते र विस्थापित भएको, ठूलो परिमाणमा अन्नपात तथा पशुधनको क्षति भएको उल्लेख गर्दै राहत तथा उद्धारमा थप तदारुकताका साथ लाग्न सम्बद्ध पक्षलाई आग्रह गरेकी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ।
यही पुस ८ गते आगलागी हुँदा कालीकोटको पलाता गाउँमा ८७ घर नष्ट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।