मुम्बई (एजेन्सी)– अजय देवगनको हरर कमेडी फिल्म ‘गोलमाल अगेन’ ले बक्स अफिसमा पैसा कमाउने विषयमा विस्तारै सबैको रेकर्ड तोड्न थालेको छ। फिल्मले शनिबार दोस्रो दिन नै ५८ करोड भारुको कारोबार गरिसकेको बलिउडका व्यापार विश्लेषक तरण आदर्शले बताएका छन्।
फिल्मले शुक्रबार रिलिज भएको पहिलो दिन ३० करोड १० लाखको व्यापार गरेको थियो। दोस्रो दिन थप २८ करोड २५ लाख कमाइ भएको आदर्शले जानकारी दिएका छन्। यस वर्ष रिलिज भएको फिल्म बाहुबली–२ पछि पहिलो दिन सर्वाधिक व्यापार गर्ने मामिलामा ‘गोलमाल अगेन’ दोस्रो नम्बरमा परेको छ। बाहुबली–२ ले पहिलो दिन ४१ करोडको व्यापार गरेको थियो।
पहिलो दिनको व्यापार गर्ने विषयमा ‘गोलमाल अगेन’ ले सलमान खानको ट्युबलाइट (२१ करोड १५ लाख) र साहरुख खानको रईस (२० करोड ४२ लाख) लाई धेरै पछि छोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।