मुम्बई (एजेन्सी)– बलिउड नायिका रानी मुखर्जीका बुवा राम मुखर्जीको आइतबार बिहान ४ बजे निधन भएको छ। उनी केही दिनदेखि बिरामी थिए। उनलाई मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो।
हिन्दी फिल्ममा रामको आफ्नै परिचय छ। उनी बंगाली फिल्मका निर्माता निर्देशक र लेखक पनि हुन्। उनी मुम्बईस्थित हिमालया स्टुडियोका संस्थापक पनि हुन्।
हम हिन्दुस्तानी (१९६०), लिडर (१९६४) जस्ता फिल्ममा उनले निर्देशन गरेका थिए। उनकी छोरी रानीले १९९६ मा बंगाली फिल्म ‘बियेर फूल’ मार्फत डेव्यु गरेकी थिइन्। लगत्तै उनले हिन्दी फिल्म ‘राजा कि आएगी बारात’ मा अभिनय गरेकी थिइन्। यो फिल्म पनि रामको होम प्रोडक्सनबाटै बनेको थियो। रामकी श्रीमति प्लेब्याक गायिका हुन्। उनको छोरा राजा अभिनय र निर्देशनमा सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।