काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ।
परिसरबाट खटिएको विशेष टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेलमा भोजराज सिलवालको जस्ताको टहरामा जुवातास खेलाइरहेको अवस्थामा रु ४ लाख ९७ हजार ८ सय ३५ नगदसहित सात जनालाई पक्राउ गरेको हो।
परिसरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक होवीन्द्र बोगटीले जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा एक बुक ताससहित सात जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।