काठमाडौं– काठमाडौंको ठमेलमा सपिङ कम्प्लेक्स‘छायाँ सेन्टर’ सञ्चालनमा आएको छ।
मंगलबार एक कार्यक्रमबीच कम्प्लेक्सको उद्घाटन गरिएको हो।
‘ठमेलभित्रको ठमेल’का रुपमा प्रवर्द्धन गरेको ‘छायाँ सेन्टर’ नेपालकै अत्याधुनिक र सुविधा सम्पन्न भएको सञ्चालकहरूको दाबी छ।
सबै किसिमका सामान एकै ठाउँमा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ को रुपमा समेत प्रवर्द्धन गरिएको सेन्टरका अध्यक्ष पृथ्वी बहादुर पाँडेले बताए।
कम्प्लेक्समा विभिन्न सामग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लब लगायतका सुविधा उपलब्ध रहेको अध्यक्ष पाँडेले जानकारी दिए।
उनका अनुसार बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालय पनि सेन्टरमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।