धादिङ– दुर्घटनामा परेको कारका चालकको उद्धारका लागि गएका प्रहरी नै घाइते भएका छन्।
काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा१४च ९८०० नम्बरको ट्याक्सी बेनीघाट रोराङ गाउँपालिका–५ भैँसेबाट ६० मिटर तल खसेको कारका चालकलाई उद्वार गर्न जाँदा ट्राफिक प्रहरी पोष्ट बेनीघाटमा कार्यरत प्रहरी हवलदार सुरेशबहादुर चन्द गम्भीर घाइते भएका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए।
घटनास्थल जाँन लाग्दा घाइते भएका चन्दको टाउकोमा पाँच वटा टाँका लगाइएको छ। दुर्घटनामा कार चालक बारा जिल्ला निजगढ निवासी ३० वर्षीय अमृत भण्डारी घाइते भएकाले गजुरी अस्पतालमा उपचार भइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।