काठमाडौं– आज डिसेम्बर २५, इसाइ धर्मका प्रवर्तक येशु ख्रिस्टको जन्मदिनको अवसरमा नेपालसहित विश्वभर आज ‘क्रिसमस डे’ मनाइँदै छ। यस अवसरमा आज विश्वभर चर्चमा प्रार्थना गरिनुका साथै शुभकामना साटासाट गरिँदै छ।
आज आयोजना हुने विभिन्न कार्यक्रमहरुमा येशुले बाँडेको ज्ञान र उपदेशको चर्चा गरिनुका साथै शुभकामना र प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ।
'क्रिसमस'कै अवसरमा देशभर विभिन्न सांगीतिक कार्यक्रमहरुको समेत आयोजना गरिँदै छ। शुभकामना साटासाट गर्न काठमाडौंको प्रज्ञा भवनमा समेत विशेष कार्यक्रमको आयोजना गरिँदै छ।
‘क्रिसमस डे’का अवसरमा काठमाडौं उपत्यका लगायत प्रमुख शहरहरुमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ। केही दिनदेखि विभिन्न सपिङ मल तथा बजारमा क्रिसमसका लागि उपहार किन्नेहरुको भिडसमेत देखिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।