काठमाडौं– आन्तरिक श्रम बजारमा श्रमिक आपूर्ति गर्दैआएका ३ सय ५० संस्था दर्ता भएका छन्। श्रम तथा व्यवसायजन्य विभागले श्रम नियामावलीअनुसार दर्तामा आएका श्रमिक आपूर्तिकर्ता संस्थालाई पत्रकार सम्मेलन गरेर प्रमाणपत्र वितरण गरेको छ।
सरकारले श्रम नियमवालीअनुसार देशभित्र श्रमिक आपूर्ति गर्दैआएका संस्थालाई असोज महिनादेखि धरौटीको दायरामा ल्याएको थियो। सरकारले यस्ता संस्थालाई ३ महिनामा धरौटी राखेर काम गर्ने समय दिएको थियो।
एउटा श्रम कार्यालयमा दर्ता भएर श्रमिक आपूर्तिको काम गर्ने संस्थाको हकमा ५ लाख अनिवार्य धरौटी राख्नुपर्ने कानुनी व्यवस्था छ भने देशभर श्रमिक आपूर्ति गर्ने सस्थाका हकमा ६५ लाखसम्म धरौटी राख्नुपर्ने श्रम नियमवालीमा व्यवस्था छ। सरकारले ल्याएका धरौटीका दायरामा ३ सय ५० वटा श्रमिक सस्था आएको विभागले जानकारी दिएको छ।
सरकारले आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकको सुरक्षाका लागि धरौटीको नियम ल्याएका विभागका उपसचिव उद्धव रिजालले बताएका छ।
धरौटी राखेर काम गर्दा संस्थासँग कामदारको पनि सुरक्षा हुने सुरक्षा गार्ड व्यवसायी संघका अध्यक्ष उदय डल्लाकोटीले बताएका छ।
देश करिब ३ हजार श्रमिक आपूर्ति गर्ने सस्था सञ्चालनमा रहेका छन्। जसमा ३ सय ५० संस्था मात्र धरौटीको दायरामा आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।