विराटनगर– उदयपुरमा १० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
चौदण्डीगढी नगरपालिका ३ भोर्लेनीबाट भोजपुर आमचौक गाउँपालिका ७ का २२ वर्षिय तुलसी राईलाई प्रहरीले पक्राउ गरेको हो। रानीटारबाट सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेको को ३२ प ३८५४ नम्बरको मोटरसाइकल चेकजाँच क्रममा गाँजाको झोला फेला परेपछि मोटरसाइकलपछाडि सवार राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
राईको साथबाट करिब १० केजी गाँजा बरामद भएको छ। मोटरसाइकल चालक भोजपुरकै ३० वर्षीय राम श्रेष्ठ भने फरार छन्। उनको खोजी भइरहेको प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।