काठमाडौं- नेपाली कांग्रेसले कालिकोटस्थित पलाता गाउँपालिका वडा नं. १ स्थित खाँडागाउँमा भएको आगलागीप्रति दुःख व्यक्त गरेको छ।
आगलागीबाट प्रभावितहरुको उद्धारका लागि सरकारसँग कांग्रेसले माग गरेको छ। कांग्रेसले सम्बन्धित निकायहरुलाई परिचालन गर्न, पीडितहरुको उद्धार, अस्थायी बसोबासको व्यवस्था मिलाउनका साथै घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ।
आइतबार राति २ बजेदेखि सुरु भएको आगलागीबाट ८७ घरधुरी नष्ट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।