काठमाडौं- अख्तियारले बुटवल उपमहानगरपालिकाका वडासचिव भरत काउचालाई घुससहित पक्राउ गरेको छ।
आयोगको कार्यालय बुटवलवाट खटिएको टोलीले वडा नम्बर १३ का सचिव काउचालाई सेवाग्राहीबाट ५ हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो।
बुटवल उपमहानगरपालिका गेट अगाडिको एक रेस्टुरेन्टमा उनले रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।