काठमाडौं- उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता समितिले रोजगारदाता देशको स्थलगत अनुगमन नगरी घरेलु कामदारका लागि महिलालाई रोजगार नखोल्न सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद अन्तर्गतको उक्त समितिले यस्तो निर्देशन दिएको हो। समितिका सभापति विमलप्रसाद श्रीवास्तवले महिला कामदारको हकमा विदेशी मुलुकमा जोखिम बढ्ने भएकाले ती देशको अनुगमन आवश्यक गरेको बताए।
बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्थलगत अनुगमन या रोजगारदाता देशसँगको बायोमेट्रिकल सम्झौताका आधारमा मन्त्रालयले केही दिनमा निष्कर्ष दिने बताए। महिललाई अंकुश लगाएर रोजगार बन्द गर्नु नहुने उनको भनाइ थियो।
हाल मलेसिया र खाडीका देशमा घरेलु कामदार पठाउन रोकिएको छ। तर अन्य कामका लागि भन्दै जोर्डन लगायतका कतिपय देशमा महिला जोखिमपूर्ण काममा गइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।