दाङ- बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि विरोधमा उत्रिएका स्थानीयले दाङको घोराही बजार बन्द गरेका छन्।
आज बिहान दाङको घोराही-१४ मा लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मेघराज पुनको मृत्यु भएको थियो। २९ वर्षीय उनी घोराही-१८ का हुन्। घटनापछि पुनका आफन्त र स्थानीयले गरेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले ६ सेल अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो।
आक्रोशित भिडले बसमा तोडफोड पनि गरेको छ।
प्रदर्शनकारीले अहिले घोरही बजार बन्द गरेका छन्। जसका कारण यातायात ठप्प ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।